कांग्रेस सभापति थापा र उपसभापति शर्मा सहितका नेताहरु निर्वाचन आयोगमा
काठमाडाैं | माघ १, २०८२
काठमाडौं: नेपाली कांग्रेसको विशेष अधिवेशनपछि नबगठित कार्यसमितिका सभापति गगन कुमार थापा सहित कांग्रेस पदाधिकारी केन्द्रीय सदस्यहरु निर्वाचन आयोग गएका छन् ।
बिहान बसेको केन्द्रीय कार्य समितिको निर्णय बमोजिम सभापति थापा उपसभापति विश्व प्रकाश शर्मा र पुष्पा भुसाल लगायत पदाधिकारी र केही केन्द्रीय सदस्यहरु निर्वाचन आयोग गएका हुन् ।
बिहान बसेको केन्द्रीय कार्य समितिको बैठकले विशेष अधिवेशनले गरेका निर्णयहरु आजै निर्वाचन आयोगमा अध्यवधिक गराउने निर्णय गरेको थियो । सोही बमोजिम आवश्यक कागजात सहित नेताहरु आयोग गएका हुन् ।
पोखरा । सञ्चारिका समूह गण्डकीको अध्यक्षमा राधिका कडेल निर्वाचित भएकी छन् । पोखरामा सम्पन्न सतौँ महाधिवेशनले कँडेलको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ...
पोखराः पोखरामा जारी २१ औं फेवा नव बर्ष महोत्सव २०८३ को दोश्रो दिन सोमबार लेकसाइडमा आयोजित पर्यटक दौड प्रतियोगितामा क्यानडाका दिरेक मिलरोइ प्रथम भएका छन् । यसैगरी स्पेनका अड्रिया फेरर द्वितीय भए भने अष्ट्...
पोखरा: राष्ट्रिय हेमजा आलु महोत्सवको चौथों दिन सोमबारसम्म त्यहाँ १३ लाख बढीको आलु कारोबार भएको छ । महोत्सव मध्येतिर आउँदा त्यहाँ दर्शक सहभागिता पनि बढ्दै गएको छ । शनिबार र आइतबार सार्वजनिक ...

